उपाचार सामाग्री लिन नेपाली जहाज चीन जाँदै

चैत १४, काठमाडौं। गत आइतबार बसेको मन्त्रिपरिषद बैठकले छिमेकी चीन कोरोना नियन्त्रण गर्ने दिशामा अगाडि बढिरहेको, चीनले सहयोग गर्न तत्परता देखिएका कारण चीनसँग जतिसक्यो धेरै सहयोग लिनु उचित हुने निष्कर्ष निकालेको एक हप्तापछि सरकारले नेपाल वायु सेवा निगमको जहाज शनिबार चीन पठाउने भएको छ।

सरकारले शनिबार नेपाल वायु सेवा निगमको वाइडबडी एयरबस ३३० जहाज चीनको ग्वाङजाओ पठाउन लागेको हो। पाकिस्तानी पाइलट जावेद चौधरीको कमाण्डमा दुई जना नेपाली को–पाइलट सुनील श्रेष्ठ र एआर शाक्य चीन जाँदैछन्।

कोरोना भाइरस परीक्षण गर्ने कीट र पीपीई लगायत औषधिजन्य सामाग्री लिन नेपाल वायु सेवा निगमको जहाज चीनको ग्वाङजायो पठाउने तयारी भएको निगम स्रोतले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.