ललित मेमोरियल युथ यु—१८ च्याम्पियनसिपको उपाधिको ब्रिगेड ब्वाइजलाई

असार २२, काठमाडौं । ललित मेमोरियल युथ यु—१८ च्याम्पियनसिपको उपाधिको ब्रिगेड ब्वाइजले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा आर्मीलाई १–० गोलअन्तरले पराजित गर्दै ब्रिगेड ब्वाइजले उपाधि उचालेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा ब्रिगेड ब्वाइजका लागि अनुप गुरूङ नायक सावित भए । उनकै एक मात्र निर्णायक गोलमा ब्रिगेडले उपाधि उचालको हो । दुबै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा ब्रिगेडले उत्कृष्ट प्रदर्शन ग¥यो । खेलको ८७औं मिनेटमा अनुपले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए । विजेता ब्रिगेड ब्वाइजले ३ लाख नगदसहित ट्रफी हात पारेको छ । त्यस्तै, उपविजेतामा चिक्त बुझाएको विभागीय टिम आर्मीले १ लाख ५० हजार नगद प्राप्त गरेको छ ।

त्यस्तै, विधागततर्फत उत्कृष्ट डिफेन्डर आर्मीका विकास खवास घोषित भए । त्यस्तै, ब्रिगेड ब्वाइजका दिनेश हेम्जन उत्कृष्ट फरवार्ड, ब्रिगेड ब्वाइजकै उत्कृष्ट गोलकिपरमा आकाश रानाभाट, उत्कृष्ट मिडफिल्डरमा जय गुरूङ र उत्कृष्ट प्रशिक्षकमा उजेन श्रेष्ठ घोषित भए । विधागतका सबै विजेताले जनही १०–१० हजार नगद प्राप्त गरे ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.