यात्रुलाइ बढी भाडा लिने १७ चालकलाई पक्राउ

चैत ९, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिने १७ चालकलाई पक्राउ गरेको छ । ट्राफिक प्रहरी आफैँ यात्रु बनेर जाँदा बढी भाडा लिएको पाइएपछि ती चालकलाई कारवाही गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

पक्राउ पर्नेमा डेबिट गुरुङ, कपिल श्रेष्ठ, नरेन्द्र सङ्ग्रौला, प्रकाश भट्ट, रमेश खड्का, जारबहादुर गुरुङ, विजय गुरुङ, प्रभुराम राउत, प्रजय राई, विजय तामाङ, नील बुढाथोकी, सञ्जीव भण्डारी, प्रदीप लामा, कृष्ण माझी, विनोद ठकुरी, पिन्टु जसवाल र कमल श्रेष्ठ रहेका छन् ।

प्रमुख ढकालले सादा पोसाकमा ट्राफिक प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारवाही चलाएको बताउनुभयो । यसका लागि महाशाखाले पीडित सहायता इकाइबाट सादा पोसाकमा ट्राफिक प्रहरीको टोलीलाई परिचालन गरिएको थियो । गाडी चढ्नु अघि कतिपय यात्रुलाई ‘कन्भिन्स’ गरेर पैसा ठग्ने गरेको र कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएको छ ।

यसअघि महाशाखाले शुक्रबार पनि नौ जना पक्राउ गरी आवश्यक कारवाही गरेको थियो । कोभिड– १९ को जोखिमबाट बच्न सतर्कता अपनाउन महाशाखाले विशेष सेवा प्रदान गरिरहेको जनाएको छ ।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.