छोटो र मध्यम दूरीका यात्रुबाहक सवारी १० गतेपछि पनि चल्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै ९ गतेदेखि २१ गतेसम्म लामो दूरीका सबै यात्रुबाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको घोषणा गरेका थिए । प्रधानमन्त्रीको यो घोषणासँगै सर्वसाधारणमा कति किमीसम्मको दूरीलाई लामो भनिएको हो भन्ने जिज्ञासा बढ्दो छ ।

  यातायात व्यवस्था विभागले २२५ किलोमिटरसम्मलाई छोटो दूरी
र २५० किलोमिटरसम्मको दूरीलाई मध्यम दूरी भनेको छ ।
२५० भन्दा माथिलाई लामो दूरीलाई लामो दूरी भनेको छ । त्यसैले २५० किलोमिटरसम्मका सवारीसाधन निर्वाध संचालन हुनेछन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम प्रसाद ढकालले छोटो तथा मध्यम दूरीको सवारीसाधन संचालनमा अवरोध नहुने  जानकारी दिए । सरकारले सिट क्षमता भन्दा एक जनापनि बढी यात्रु नबोक्न र सवारीसाधन सफा राख्न निर्देशन दिइसकेको छ । बढी भाडा लिने र बढी यात्रु राख्नेलाई कडा कारबाही गरिने जनाएको छ ।
Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.