मनमा रहर छन् अधुरा तिमी बिना,
कसो गरि होला खै, पुरा तिमी बिना ।।
रुँदा पनि हाँस्दा पनि ससंगै हुन पाए
यस्तै खेल्छ मनमा,कुरा तिमी बिना ।।
हल्ला ससससुन्छु रुदै छन रे बजारतिर
सिन्दुर पोते अनी, चुरा तिमि बिना ।।
सुख खोज्ने सफरमा एक्लै हुँदा
मन्द भए हात पाखुरा तिमी बिना ।।
फुलझै सुवासमय जवानीले मुटुमा
याद बनेर रोप्छ, छुरा तिमी बिना ।।
योगेन्द्र देउजा
सिन्धुपाल्चोक मेलम्ची

