बागमति ब्युटिफिकेसनको काम ३ दिनपछि टप्प गर्ने पीडितको अल्टिमेटम

रबिराज रिमाल ।
काठमाडौं, ६ चैत । पशुपति गुह्येश्वरी देखि गोकर्णसम्मको बागमति ब्युटिफिकेसनको निर्माण कार्य रोकिने भएको छ ।

आज बागमति पिडित संघर्ष समितिले अधिकार सम्पन्न बागमति सभ्यता विकास आयोजनाको कार्यालयमा अल्टिमेटम पत्र बुझाउँदै ३ दिन भित्र पिडित किसानहरुको माग पुरा नगरे निर्माण कार्य ठप्प पार्ने बताएको छ ।
गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले जनप्रतिनिधि सहितको किसानको डेलिगेसनलाई संसदीय समितिको निर्णय अनुसार कार्य गर्ने प्रतिबद्धता आए पनि कार्यान्वयन नभएकोले समस्या बढ्दै गएको भन्दै आयोजनालाई ध्यानाकर्षण गर्दै पिडितहरुको न्यायका लागि आयोजना सार्थक रुपमा लागिपर्नु पर्नेमा जोड दिए ।

पटक पटक समस्या समाधानको नाममा संघर्षरत किसानहरुलाई अल्झाउने कार्य गरेकोले न्यायका लागि कठोर आन्दोलन गर्न पछि नपर्ने बागमति पिडित संघर्ष समितिका अध्यक्ष निरञ्जन पुडासैनीले बताए । उनले ३ दिने अल्टिमेटम पत्रलाई सामान्य रुपमा नलिन आग्रह गर्दै समस्या समाधानको चित्तबुझ्दो खाका आयोजनाले नदिए ३ दिन पछि आयोजनाको सबै काम रोक्न बाध्य हुने र जर्बजस्ति निर्माण कार्य गर्न खोजिए उत्पन्न हुने परिस्थितीको जिम्बेवारी आयोजना हुनु पर्ने बताए ।

आज स्थानीय जनप्रतिनिधिहरुलाई समेत उपस्थिती गराई संघर्ष समितिले आयोजना गरेको धर्ना तथा विरोध कार्यक्रममा पिडित किसानहरुले आयोजनाको कार्यालय गुह्येश्वरीमा एकघण्टा नारावाजी गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.