‘एमसीसी’ संसदीय प्रक्रियामाः अगाडी बढाउन दलहरुको निर्णयको पखाई– सभामुख

चैत ३, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग नियोग कार्यक्रम ‘एमसीसी’लाई संसदीय प्रक्रियामा अगाडि बढाउन दलहरुको निर्णय पर्खिरहेको बताएका छन् ।

सोमबार सिंहदरबारमा गरिएको पत्रकार भेटघाटमा सभामुख सापकोटाले आफू सहजीकरणको भूमिकामा मात्र रहेको भन्दै सत्तारुढ दल र अन्य पक्षहरुको सहमतिमा एमसीसी सम्झौता अनुमोदनका लागि पेस गरिने बताए । सीमा विवादसम्बन्धी संकल्प प्रस्ताव विशेष कारणले संसदको दैनिक कार्यसूचीबाट नहटेको र आगामी बैठकमा छलफल हुने उनले बताए ।

सभामुख सापकोटाले रिक्त उपसभामुख पदपूर्तिको लागि दलहरुबीच छलफल भइरहेको भन्दै दलीय सहमतिपछि आफूले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने जानकारी दिए । संसद सचिवालयको कार्यवाहकको जिम्मेवारी दिने विषयमा आफू र राष्ट्रियसभाका अध्यक्षबीच विवाद नरहेको भन्दै सापकोटाले संसद बैठकमा ‘कोरम’ नपुग्ने अवस्था अन्त्य गर्न छलफल गरिरहेको बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.