विप्लव समूहले कब्जामा लिएको १४ वर्षकी करिनालाई उद्धार

फागुन २९, काठमाडौं । विप्लव समूहले कब्जामा लिएको एक बालिकालाई प्रहरीले मुक्त गरेको छ ।

धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ गौरीखेलकी १४ वर्षकी करिना तामाङलाई उदयपुरको कटारीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको स‌ंयुक्त टोलीले कब्जामुक्त गरेको हो । प्रारम्भिक अनुसन्धानबाट विप्लव समूहले लडाकु बनाउने उद्देश्यले तामाङलाई कब्जा लिएको देखिएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले बताए ।

बुधबार साँझ ५ बजेतिर अपहरणमा परेकी बालिकाको बिहीबार दिउँसो ३ बजेतिर उद्दार भएको हो । त्यस क्रममा प्रहरी र सशस्‍त्र प्रहरीको सं‌युक्त टोलीले १४ जना विप्‍लव समूहका कार्यकर्ता पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर ताबिलका १८ वर्षकाम अविनाश तामाङ, गाईघाटका २० वर्षका आशिष लामा, ताप्लेजुङकी १६ वर्षकी रञ्जना राई, धनकुटा पाख्रिबासकी १९ वर्षकी अनिता राई, कैलालीकी १९ वर्षकी अनुष्का राउत रहेका छन् ।

पक्राउ पर्ने अन्यमा मोरङ आइतबारेकी १७ वर्षकी सपना राई, भोजपुरका ४५ वर्षका मनोराम राई, मोरङका १५ वर्षका आशिष श्रेष्ठ र सिन्धुली जुवाडेका १९ वर्षका ईश्वर पुनमगर रहेका छन् ।

इलाम फाकफोककी २० वर्षकी मुस्कान राई, इटहरीका २८ वर्षका विवेक खड्का, सर्लाही लालबन्दीकी १६ वर्षकी रीता कार्की, ताप्लेजुङ खोक्सिङका २० वर्षका विकास राई, इलाम बतासेका १७ वर्षका आयुस मगर पनि पक्राउ परेका छन् ।

उनीहरुको साथबाट ११ वटा सकेट बम, ३ थान पेस्तोल र त्यसमा लाग्ने ९ राउण्ड गोली, एउटा प्रेसर कुकर, २ वटा खुकुरी, २ मिटर डेटोनेटर तार र २ थान मोवाइल सेट पनि बरामद गरेको प्रदेश २ का सशस्त्र प्रहरी प्रमुख डीआईजी राजु अर्यालले जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.