सुनको मूल्यमा सामान्य गिरावट

फागुन २८, काठमाडौँ । निरन्तर उकालो लागिरहेको सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य बुधबार प्रतितोला ४०० रुपैयाँले घटेर प्रतितोला ८२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

निरन्तर नयाँ रेकर्ड बनाउदै गएको सुनको मूल्य बुधबार भने सामान्य दरमा घटेको हो। अघिल्लो दिन मंगलबार छापावाला सुन हालसम्मकै उच्च मूल्य ८२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तैगरि, तेजाबी सुन पनि तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला ८२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासँघले जनाएको छ। त्यसैगरी, चाँदीको मूल्य स्थीर रहेको छ। चाँदी अघिल्लोे दिनकै मूल्य ८८० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.