फागुन २८, काठमाडौँ । दलित भएको थाहा पाएपछि डेरा छाड्न निरन्तर दबाब दिने श्रीकृष्ण बिडारी र उनकी श्रीमती राधिका बिडारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कैलाली र दैलेख स्थायी घर भई काठमाडौंमा विभिन्न क्याम्पसमा अध्ययनरत चार जना विद्यार्थीहरुले आफूहरुलाई दलित भन्दै घरबेटी दम्पत्ति बिडारीले अपमान गरेको भनेर उजुरी दिएका थिए ।
महानगरीय प्रहरी वृत्त बालाजुले बिडारी दम्पत्तिलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई छुवाछुतविरुद्धको कसुरमा अनुसन्धान गरिने भएको छ । काठमाडौंको नेपालटारमा घर भएका बिडारी दम्पतीले आफ्नो घरमा बस्ने चार जना विद्यार्थीलाई बिडारी डेरा छाड्न दबाब दिएका थिए। गृह मन्त्रालयका शाखा अधिकृत रहेका श्रीकृष्ण बिडारी अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत छन्।

