चिनियाँ राष्ट्रपति सी चिनफिङ कोरोना भाइरसले ग्रस्त वुहानमा

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङ मंगलबार बिहान कोरोना भाइरसको उद्गमस्थल वुहान पुगेका छन् ।

कोरोनाको संक्रमण फैलिएपछि राष्ट्रपति सी पहिलो पटक वुहान पुगेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । गत डिसेम्बरमा हुबेईको प्रान्तीय राजधानी बुहानबाट कोरोनाको संक्रमण सुरु भएको थियो । कोरोनाको संक्रमण घट्दै गएपछि राष्ट्रपति सी वुहान पुगेका हुन् । उनले वुहानमा प्रभावित क्षेत्रको भ्रमण गरेका छन् ।

उनले वुहानका स्वास्थ्यकर्मी, चिनियाँ जनमुक्ति सेना, सामाजिक कार्यकर्ता, पार्टी कार्यकर्ता, स्वयंसेवक तथा बिरामीहरुलाई पनि भेट्ने चिनियाँ सञ्चारमाध्यमले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.