फागुन २०, बौद्ध । सिन्धुपाल्चोक नेकपा हेलम्बुद्वारा बौद्धमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना सहित दिप(क्षेमी) प्रज्ज्वलन गरेका छन् ।

प्रधानमन्त्री केपि शर्मा ओलीको मृगौला प्रत्यारोपणको सफलता र शिघ्र स्वास्थ्यलाभको कामना सहित बौद्धमा सिन्धुपाल्चोक नेकपा हेलम्बु गाउँपालिका कमिटी र आदिवासी जनजाती ह्योल्मो संघ नेपाल केन्द्रिय कर्यासमिती द्रारा विशेष पाठपुजा र दिप(क्षेमी) प्रज्ज्वलन गरेकाछन ।

देशको प्रधान्मत्री अस्पतालमा उपचारत रहदा उहाको स्वास्थ्यमा उल्लेखनिय सुधार र शिघ्र स्वास्थ्यलाभको लागि आफुहरुले यो पाठपुजा र दिप(क्षेमी) प्रज्ज्वलन गरेको आयोजकले जनाएको छ ।

प्रधानमन्त्री ओली आइतबार त्रीवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणका लागि भर्ना भएको थियो भने बुधबार मृगौला प्रत्यारोपण गर्ने तयारी रहेको छ ।

