राष्ट्रियसभाका १८ सांसदहरुको बिदाइ

फागुन २०, काठमाडौं । दुई वर्षे कार्यकाल समाप्त भएर १८ जना राष्ट्रियसभाका सदस्यहरुको पदावधि सकिएको छ । गोलाप्रथाबाट दुई वर्षे कार्यकालमा परेका सांसदहरु बिदा भएर बुधबारदेखि नयाँ सांसद आउने छन् ।

राष्ट्रपतिले नियुक्त गरेका अर्थमन्त्री डा. युवराज खतिवडा सहित १८ जना सांसदहरुको आजबाट कार्यकाल सकिएको हो । बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका दुई, समाजवादीका एक र राष्ट्रपतिबाट मनोनित एक सांसद छन् ।उनीहरुलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बिदा गरेका हुन्। दुई वर्षे कार्यकाल सकिने सांसदहरुमा नेकपाका हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली रहेका छन ।

त्यस्तै कांग्रेसबाट राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाई बद्री पाण्डे, विन्दादेवी आले, मुक्ताकुमारी यादव र धनकुमारी खतिवडाका साथै राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि दुई वर्षे कार्यकाल सकिएको हो। उनीहरुको कार्यकालको बिदा हुनु पूर्व राष्ट्रियसभामा पाँच मिनेटको समय बोल्न दिइएको थियो ।

अर्थमन्त्री खतिवडाले राजीनामा दिए पनि निरन्तरता पाउने भएका हुन। सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुन नियुक्त गर्ने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए। तर नेकपा सचिवालयको बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको भए पनि प्रधानमन्त्री ओलीले भने गौतमलाई इन्कार गर्दै आएका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.