थप ऊर्जा र आत्मविश्वास लिएर काममा फर्किनेछु– प्रधानमन्त्री ओली

फागुन १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणपछि थप ऊर्जा र आत्मविश्वास लिएर काममा फर्किने बताएका छन्। उनले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुन जानुअघि सोमबार दिएको भिडियो सन्देशमा यस्तो बताएका हुन्।

उनले भनेका छन्, ‘हामीले देखेको समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न केही दिनको अस्पताल बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर काममा फर्किने छु।’

उनले नेपालमै प्रत्यारोपण गराउन पाउँदा गर्व र खुसी लागेको बताएका छन्। ‘आफ्नै मुलुकमा आफ्नै देशका अनुभवी चिकित्सकबाट प्रत्यारोपण गराउन पाउँदा म गर्व गर्छु, खुसी पनि छु।’ विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सिपले मिर्गौला प्रत्यारोपण जटिल नमानिएकाले आफूमा पनि सहजै प्रत्यारोपण हुने उनको आत्मविश्वास छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.