काभ्रेको रोशी २ मा गुम्बा शिलान्यास सम्पन्न

फागुन १८, काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका वडा–२ स्थित ठूलो गाउँमा जोक्पा छेन्पो थर्पालिङ गुम्बाको शिलान्यास भएको छ ।
गुम्बा शिलान्यास शनिवार निर्वाचन क्षेत्र नं. १ काभ्रेका प्रतिनिधिसभा सदस्य गंगाबहादुर तामाङ र आचर्य गुरु सर्वजीत लामाले गरेका हुन् ।

गत वर्षबाट गुम्बा निर्माणको आरम्भमा जुटेको गुम्बाको शिलान्यासमा लामा गुरु आचर्यबाट प्रवचन गरी गुम्बा र बौद्ध धर्मको विशेषताबारे जानकारी दिएका छन् । गुम्बा निर्माणका लागि ठूलो गाउँ निवासी हर्कबहादुर लोप्चन र लालमान लोप्चनले ८÷८ आना जग्गा दान गरिएको छ । निर्माण प्रक्रिया अगाडी बढाउन प्रदेश सांसद चन्द्र लामाको पहलमा बाग्मति प्रदेश विकास मन्त्रालय कार्यन्वयन ईकाई शाखाबाट रु. ४५ लाख बजेट विनियोजित भईसकेको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर लोप्चनले बताएका छन् । परिकल्पना तथा ३ ताले गुम्बा निर्माण सम्पन्न गर्न रु. १ करोड ३६ लाख खर्च लाग्ने अध्यक्ष लामाले बताए ।

विसुन लोप्चन लामा धर्म गुरु तिब्बतबाट नेपाल आगमनको बेला बासास्थानको रुपमा स्वीकार गरी बसोबास गर्दै आएको तामाङ राजाको इतिहास बोकेको सो स्थानमा गत वर्षबाट अभियान आरम्भ भएको थियो ।  वि.सं. १४०१ सालमा स्थापित थर्पालिङ गुम्बा भत्किएर जीर्ण भएपछि सोही गुम्बाको आस्था र चिनारीका लागि हाल समिमित निर्माण भई गुम्बा पुनःनिर्माणको लागि जुटेको स्थानीयहरुले बताएका छन् ।

तामाङ समुदायको पर्व ल्होसारको अवसर परेर गुम्बा शिलान्यास भएको सो कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य गंगाबहादुर लामा, विशेष अतिथिहरु प्रदेशसभा सदस्य काभ्रेका चन्द्र लामा र रत्न ढाकालले शुभकामना मन्तव्य राख्दै गुम्बा निर्माणमा सहयोग पु¥याउने बताएका थिए । त्यस्तै कलाकार तथा सामाजिक अभियन्ता श्रीकृष्ण सिम्खडा, गायिका जीतु लोप्चन्, गायकहरु विशाल काल्तन, हावा लामा, प्रेम लामा, हास्य कलाकार गणेश राई, विश्वजीत देउजा, मोडल तथा कलाकार मन्सु लामा र यमुना रसालले विशेष प्रस्तुती दिएर मनोरञ्जन दिएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.