फागुन १९, काठमाडौँ । अन्र्तराष्ट्रिय ह्वीलचियर दिवसको अवसरमा ‘समावेशीता सहितको सहभागीता’ भन्ने मूल नाराकासाथ Human Rights Tattoo Foundation र जावलाखेल ह्वीलचियर खेलकुद आयोजनामा Human Rights Tattoo Event-2020 भव्य रुपमा सम्पन्न भएको छ ।
जावलाखेल ह्वीलचियर खेलकुद क्लबले स्थापना कालदेखि हालसम्म आउँदा विभिन्न खेलकुद प्रतियोगिताहरुमा सहभागीत जनाउँदै प्रतिगोगिताहरु पनि आयोजना गर्दै आइरहेको थियो । त्यस्तै गरी विभिन्न स्कुल, कलेज तथा जिल्ला–जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुको क्षमतालाई उजागर गर्ने तथा अपाङ्गता भएका व्यक्तिहरु अवसर र अपाङ्गतामैत्री वातावरण निर्माण भएमा सम्पूर्ण कामकाज तथा जिम्मेवारी बहन गर्न सक्षम हुन्छन् भन्ने कुरालाई प्रस्तुत गर्दै जनचेतनामूलक कार्यक्रमहरु गर्दै आईरहेको थियो ।

यस्तैगरी यस क्लबले अपाङ्गता क्षेत्रमा नयाँ, नौलो तथा पृथक उद्देश्यकासाथ फरक कार्यक्रम सम्पन्न गरेको छ । मार्च १ अर्थात “अन्तर्राष्ट्रिय ह्वीलचियर दिवस”को अवसर पारेर Tattoo Event सञ्चालन हो जहाँ ३५ जना भन्दामाथि अपाङ्गता भएका व्यक्तिहरुले Tattoo खोपाएर सहभागीता जनाएका थिए । त्यस्तै गरी विभिन्न देशका विदेशीहरुले पनि त्यस कार्यक्रममा भाग लिनुकासाथै अन्य व्यक्तिहरुले पनि स्वइच्छाले सहभागि भएका थिए ।
विशेष गरी मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा–पत्रको धारा १ देखि ३० सम्म लेखिएका सम्पूर्ण कुराहरु जसको जम्मा अक्षर संख्या ६७७३ रहेका छन्, यति संख्यामा रहेका अक्षरलाई Tattoo मार्फत सहभागी हुन इच्छुक व्यक्तिहरुले चाहेको ठाउँमा एउटा अक्षरको Tattoo खोपी कार्यक्रम सञ्चालन भएको हो । ६७७३ मध्ये हालसम्म विभिन्न देशहरुमा यस प्रकारका Tattoo Event आयोजना गरेर ४००० भन्दा माथि अक्षर संख्याको त्बततयय खोपिसकेको छ भने हालसम्म जति पनि Tattoo Event भएका छन् ती सब सबल व्यक्तिहरुको सहभागितामा मात्र भएका थिए ।
नेपाल मानव अधिकारको सवालमा धेरै कुराहरु उठ्छन्, सभा, गोष्ठि, सम्मेलन जस्ता कार्यक्रमहरु पनि हुन्छन् तर मानव अधिकारको सवालमा यो विल्कुलै नयाँ किसिमको कार्यक्रम हो । कार्यक्रमको उद्देश्य एउटै हो तर मानव अधिकारलाई कसरी सम्पूर्ण व्यक्तिहरुको पहुँचमा पुर्याउने, कसरी सम्पूर्ण व्यक्तिहरुलाई मानव अधिकार बारे बुझाउने त ? भन्दा Tattoo मार्फत सबैको पहुँचमा पुर्याउनको निमित्त यो कार्यक्रम भएको हो ।कार्यक्रममा सहभागिहरु आफ्नो शरीरमा Tattoo खोपाउन एकदम उत्सुक देखिन्थे । र आफु पनि मानव अधिकारवादीको रुपमा रही यस बारे अरुलाई पनि बुझाउन सक्छु भन्दै त्बततयय खोपाइरहेका थिए ।

कार्यक्रममा अतिथिको रुपमा राष्ट्रिय अपाङ्ग महासंघ–नेपालका सदस्य देबु पराजुली, स्पाईनल कर्ड इन्जुरी पुर्नस्थापना केन्द्रका कार्यकारी निर्देशक हरि अधिकारी, बोस्या संघका अध्यक्ष गोमा पौडेल, ललितपुर महानगरपालिका समन्वय समितिका सदस्य निर्मल श्रेष्ठ, स्वावलम्वन जीवन पद्धती केन्द्रका उपाध्यक्ष रत्न बहादुर राई तथाHuman Rights Tattoo Foundation का निर्देशक Sander Van Bussel हुनुहुन्थ्यो । अन्तमा ट्याटु खोपाउनु भएका सम्पूर्ण सहभागि व्यक्तिहरुलाई प्रमाण–पत्र प्रदान गरियो र उपस्थित अतिथिहरुलाई पनि मायाको चिनो प्रदान गरी कार्यक्रम समापन गरियो ।

