“शिक्षामा नीतिगत रुपमै सुधार आउनुपर्छ” – भवानी पौडेल

फागुन १६, काठमाडौँ । जया मल्टिपल बहुमुखी क्याम्पसका प्रमुख भवानी प्रसाद पौडेलले नेपालको शिक्षामा नीतिगत रुपमै सुधार हुनुपर्ने बताएका छन् ।

प्रारम्भ खबरको विशेष कुराकानीमा शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिया रहदै आएका पौडेलले वर्तमान शिक्षामा थुप्रै कमीकमजोरी रहेको उल्लेख गर्दै विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउने खालको शिक्षा प्रदान गर्न सरोकारवाला लाग्नुपर्ने बताए । शैक्षिक गुणस्तर वृद्धि गर्न हरेक शैक्षिक संस्थाहरु गम्भीर भएर लाग्नुपर्ने बताउँदै गुणस्तरिय र प्रभावकारी शिक्षामा जोड दिनुपर्ने धारणा राखेका छन् । व्यवहारिक शिक्षाको नाराले मात्र परिवर्तन सम्भव नरहेको भन्दै त्यसलाई कार्यन्वयनको पक्षमा विशेष जोड दिनुपर्ने बताए ।

अवसरको खोजीमा युवाहरु भौतारिदै विदेशिन वाध्य छन् यो एउटा राज्यलाई ठूलो नोक्सानी हो । एक जना युवा विदेशिन पुग्दा थुप्रै पुजीँ बाहिर जाने भएको हुँदा नेपाली शिक्षा प्रणालीमै उत्पादन र रोजगारमुखी शिक्षामा रुपान्तरण गर्न आवश्यक रहने उनको भनाई छ ।

भिडियो कुराकानी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.