फागुन १४, काठमाडौँ । पूर्वप्रहरी नायव महानिरीक्षक रमेश खरेलले नेतृत्व गर्दै नयाँ पार्टी खोल्ने भएका छन्।
खरेलले खोल्ने पार्टीको नाम ‘हाम्रो नेपाल, हामी नेपाली’ रहने जनाइएको छ । खरेलले निकै अघिदेखि नागरिकको हक अधिकारलाई केन्द्रमा राखेर भ्रष्टाचारविरोधी, सुशासन र राष्ट्रहितमा काम गर्ने बताउँदै आएका थिए ।

