प्रारम्भ खबर ।
फागुन १३, काठमाडौँ । बाग्मति प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुयाँलले हरेक विकास निर्माणको योजनामा जनसमुदायको सहभागीता अनिवार्य हुनुपर्ने बताएका छन् ।
काठमाडौँको आलापोट स्थित श्री बाल विकास माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको कार्यक्रममा सो कुरा बताएका हुन् । मन्त्री फुयाँलले प्रदेशको विकास निर्माणमा प्रगतिका खुट्किलाहरु अगाडी बढिरहेको र पहिलो काम यातायात क्षेत्रको सुधारमा योजना ल्याउने बताए । अव्यवस्थित र सडक दुर्घटनालाई न्यूनिकरण गर्न उपत्यका क्षेत्रलाई समेटर सुरुङ्ग मार्ग निर्माण गरिने योजना समेत प्रदेश सरकारले ल्याएको बताए ।

विकास निर्माणको काममा पारदर्शी र चुस्त बनाउन उपभोक्त समिति निर्माण गर्दा महिलाको पनि सहभागीतालाई प्राथामिकता दिई एकिकृत योजना बनाएर आउन आग्रह गरे । सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री फुयाँल आँफु बाह्राखरी सिकेको विद्यालयले ६४ औँ वार्षिक उत्सवले निकै खुसी तुल्याएको र विद्यालयको भौतिक संरचनाको सुधार तथा शैक्षिक गुणस्तरका लागि आफुले सहयोग गर्ने प्रतिबद्धता गरे । उनले अवको शिक्षा नीतिमा सुधार ल्याउन व्यवहारिक ज्ञान र विज्ञानको संस्कृतिलाई अगाडी बढाउने कार्यमा लाग्न विद्यालय प्रशासन र शिक्षाप्रेमीहरुलाई आग्रह गरे । मन्त्री फुयाँलले बाग्मति प्रदेशभरिकै विकास निर्माण कार्यलाई सफल बनाउन विशेष पहल गर्ने बताउँदै सामाजिक नेतृत्व, पर्यटन विकास र प्राज्ञिक पूर्वाधारको योजनामा जोड दिने बताए ।
त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले नगरभित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न नगर स्तरिय शिक्षा समितिले अनुगमन तथा कार्य सम्पदानको काम सुरु गरिसकेको बताए । नगरभित्रका समुदायिक विद्यालयमा कुनै पनि समस्या आउन नदिन नगरपालिकाले चासोका साथ काम गर्दै आईरहेको मेयर थापाले बताए ।

विद्यालयले ६४ औँ वर्ष पार गरेको अवसरमा शुभकामना व्यक्त गर्दै सोही नगरपालिका वडा–१ का अध्यक्ष मकुन्द गजुरेलले सामुदायिक विद्यालयको गुणस्तरलाई बढाउन र विद्यार्थीमैत्री वातावरण सिर्जना गर्न शिक्षक, अभिभावक र विद्यालय समितिको जिम्मेवारी रहने बताए । वडा –२ का अध्यक्ष सुर्दशन धिमालले विद्यार्थी संख्याको गुणात्मकभन्दा ज्ञान र शिक्षाको गुणात्मकलाई महत्व दिनुपर्ने बताए ।
कार्यक्रममा कलाकार तथा सामाजिक अभियन्ता श्रीकृष्ण सिम्खडाले राजनीतिक दलहरुप्रति बढ्दै गइरहेको अलोकप्रिया र अविश्वासमाथि व्यांग्य गर्दै आफ्नो आत्माको न्यायधिसलाई नढाट्न आग्रह गरे । उनले राजनीतिक दलहरु अझै आफ्नो स्वार्थमा लागेर नेपाल आमालाई नै नङ्ग्याउने कार्य भईरहेको प्रति कडा व्यांग्य प्रहार गरे । विद्यालयको ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमका सभापति एवम् सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश्वर फुयाँल, विद्यालयका प्रधानाध्यापक राजकुमार वाईवाले मन्त्री फुयाँललाई दोसल्ला ओडाएर अभिनन्दन गरे । साथै विद्यालयबाट प्रकाशित स्मारिका समेत विमोचन गरेका थिए ।
भिडियो हेर्नुहोस् ।

