हुलाकका कर्मचारीको ३ करोडको भ्रष्टाचार मुद्दा अदालतमा

फागुन १३, काठमाडौँ । जिल्ला हुलाक कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख रणबहादुर कडायतको ३ करोडको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको आरोपमा कडायतविरुद्ध २ करोड ९४ लाख ८९ हजार विगो कायम गरेको छ । सोही मुद्दामा प्रतिवादी बनाइएका नायब सुब्बा शिवराज उपाध्यायविरुद्ध २ करोड २४ हजार विगोसहित कायम गरिएको छ । उनीविरुद्ध १० वर्षसम्म कैद सजायँको माग समेत गरिएको छ । जिल्ला हुलाक कार्यालय बझाङका कर्मचारीहरुले हुलाक वचत बैंकको रकम हिनामिना र हानि नोक्सानी गरेको भन्ने उजुरी सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको हो ।

निमित्त प्रमुख कडायत र तत्कालिन खरिदार उपाध्याय (हाल सुर्मा गाउँपालिकाका नासु) ले सार्वजनिक कोषको संरक्षण गर्नुपर्ने दायित्व विपरीत लापरवाही एवं बदनियतपूर्ण रुपमा सार्वजनिक कोषको दुरुपयोग गरी मासेको एवं निजी प्रयोगमा लगाएको तथ्य निर्विवाद रुपमा पुष्टि हुन आएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

उनीविरुद्ध दुवैलाई भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवानासहित, बिगो रकम असुल गर्न विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
अन्नपूर्णबाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.