तीन महिनादेखि नगरपालिकाको काम ठप्प

फागुन १२, कपिलवस्तु । विगत तीन महिनादेखि कपिलवस्तुको कृष्णनगर नगरपालिकाको काम ठप्प छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा विगत तीन महिनादेखि कामकाज ठप्प भएको हो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक आउने सेवाग्राही निरास हँुदै फर्किने गरेका छन् । कृष्णनगरका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी पाल्पाको तिनाउ गाँउपालिकामा सरुवा भई गएपनि कृष्णनगर अधिकृतविहीन भएको हो ।

गत साउन ९ गते निमित्त प्रमुख प्रशासकीयको जिम्मेवारी सम्हाल्दै आएका राजप्रसाद त्रिपाठी आवकाश भएपछि भदौमा भण्डारी कृष्णनगर आउनुभएको थियो । भण्डारी कृष्णनगरमा मुस्कीलले एक महिना मात्र बसेर मङ्सिर मै आफ्नो पायकपर्ने स्थानमा सरुवा भएर जानुभयो ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाह र उपप्रमुख सबनम खातुनले प्रमुख प्रशासकीय अधिकृतका लागि पाँच पटक काठमाडौँ धाउँदासमेत कुनै सुनुवाई नभएको प्रमुख शाहले बताउनुभयो ।

शाहले पटकपटक सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका मन्त्रीलाई भेटेर कृष्णनगरमा अधिकृत पठाउन माग गर्दा पनि मन्त्रालयले कुनै पहल नगरेको उहाँले बताउनुभयो । शाहले भने मैले तत्कालीन मन्त्री लालबाबु पण्डित र अहिलेको मन्त्री हृदयश त्रिपाठीलाई पटकपटक कार्यकारी पठाउन माग गरे तर हालसम्म कोही आएनन् ।

जिल्ला प्रशासन कार्यालयबाट दुई पटक ज्ञापन बुझाए पनि हालसम्म मन्त्रालयले कार्मचारी नपठाउनु दुःखद् भएको उपप्रमुख सबनम खातुनले बताउनुभयो । कृष्णनरको विकासको बाधक अहिले मन्त्रालय रहेको उहाँले आरोप लागाउनुभयो । नगरपालिकामा अधिकृत नहुँदा विकास निर्माणको काम ठप्प हुनुका साथै प्रशानिक काम बन्द भएको छ । त्यस्तै कर्मचारीले तलब खानाबाट समेत वञ्चित भएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.