नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभावः यस्तो छ तीन दिनको मौसम

फागुन १२, काठमाडौं । नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउसो पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । सोमबार बिहान ६ बजे मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ।

सोमबार
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

बुधबार

देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी तथा मध्य पहाडी पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आफ्नो बुलेटिनमा जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.