प्रारम्भ खबर ।
फागुन १२, काठमाडौं । नयाँ वर्ष ग्याल्बो ल्होछार २१४७ को अवसरमा प्राणि मात्रको सुख शान्तिको कामना सहित सिङदोङ ढोग्पा सम्पन्न भएको छ ।पुरानो वर्षलाई बिदा गर्दै नयाँ बर्ष सबैका लागि मंगलदायी, कल्याणमय, सुख र शान्तिमय होस् भन्ने उदेश्यले सिङदोङ ढोग्पा (सिंहमुखी पुजा) गरिएको लामा गुरु गोन्बो लामाले बताउनु भयो ।
काठमाडौंमा रहेका भक्तजनहरुको आग्रहमा ग्याल्बो ल्होछारको अवसरमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ५ स्थित श्री साङाक उर्गेन धोङाग छोलिङ गुम्बाको काठमाडौं बौद्ध पिपलबोट नजिकै गोकर्णेश्वर नगरपालिका ६ नं वडा जोरपाटी नयाँवस्तिमा रहेको शाखामा पुजा आयोजना गरिएको लामा गुरुले बताउनु भयो ।
गाउँमा भुकम्पले ध्वस्त भएको पुरानो गुम्बा नबन्दा सयौं स्थानिय बौद्ध धर्मावलम्बिहरु धार्मिक कार्य पुजा अनुष्ठान गर्नबाट बञ्चित रहेकोले गुम्बा पुर्ननिर्माण कार्य छिटो गर्नका लागि सहयोगका लागिसमेत उहाँले बताउनु भयो । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ५ स्थित श्री साङाक उर्गेन धोङाग छोलिङ गुम्बा बहत्तर सालको भुकम्पपछि ध्वस्त भएपछि पुर्ननर्माणका लागि प्रयास गरिएपनि सरकारबाट सहयोग नपाएको लामा गुरु गोन्बो लामाले बताउनु भयो ।
बहत्तर सालको भुकम्पबाट ध्वस्त श्री साङाक उर्गेन धोङाग छोलिङ गुम्बा निर्माणका लागि सक्दो सहयोगका लागि अध्यक्ष लामा गुरु गोन्बो लामाले सबैलाई आग्रह गर्नु भयो ।

