प्रताप र कविताको नयाँ गीत ‘यो माया नभए…’ सार्वजनिक (भिडियोसहित)

फागुन ९, काठमाडौं ।  चर्चित मेन्दोमाया गायक जयबिर तामाङको शब्द संगीतमा बनेको निकै रोम्यान्टीक गित ‘यो माया नभए…’ बजारमा ल्याएका छन्। UG Star’s Present च्यानलमार्फत ल्याएको   गीतलाई पहिलो नेपाल आइड मार्फत  लोकप्रीया कमाउन सफल गायक प्रताप दास र कबिता श्रेष्ठले स्वर भरेको छन् ।  उक्त गीत धादिङ जिल्लाको रुबिभ्याली गाउँपालीकामा छयाङ्कन गरेको हो ।

झट्ट हेर्दा कुनै फिलिमको भिडियो जस्तो देखिने   म्युजिक भिडियोले रुबिभ्यालीको सुन्दरतालाई धेरै तरिकाले समेट्न सफल भएको देखिन्छन्। नव मोडल मान बहादुर तामाङ र वर्षा परियारको अभिनय रहेको यो म्युजिक भिडियोमा निकै आशा रहेको तामाङ बताउछन्। तामाङ फिलिममा राम्रै नाम कमाइसकेको निर्देशक रबिन तामाङ (नरमान) ले निर्देशन गरेको यो भिडियो निकै राम्रो बनेको छ।

आफ्नो भिडियो मार्फत गाउँठाउँको प्रचार–प्रसार हुनेमा निर्देशक तामाङ विश्वासता देखिन्छन्। देशले पर्यटन वर्ष मनाउदै गर्दा रुबिभ्याली गाउँपालीकामा रहेको सुन्दरतालाई यो भिडियो मार्फत थोरै भए पनि प्रोमोट गर्नमा मद्दत पुग्ने विश्वास लिएको छु। निर्देशक तामाङले थप्नु भयो।
आफुले दोस्रो पटक नेपाली गीत लेखेको गायक जयबिर तामाङ यो गीत प्रति ठुलै आशा गरेको बताउछन्। ‘भिडियो पनि सोचे जस्तो बनेको छ, म यो गीत प्रति निकै आशावादी छु,’ गायकले थप्नु भयो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.