प्रेस काउन्सिलका कार्यवहाक अध्यक्ष श्रेष्ठलार्इ मातृ शोक

काठमाडौँ । जन आस्था साप्ताहिकका सम्पादक तथा प्रेस काउन्सिलका का.वा. अध्यक्ष किशोर श्रेष्ठलाई मातृशोक परेको छ। आज साँझ सम्पादक श्रेष्ठकी अामा नारायणदेवी श्रेष्ठको ७७ बर्षको उमेरमा आज दुखद निधन भएको छ ।

आमाको निधनबारे सम्पादक श्रेष्ठले अहिले भर्खर फेसबुक स्टाटसमा लेखेका छन् ”जीवन र मृत्यूबीचको लामो र कष्टकर लडाइँमा आज हाम्रो हार भयो ! आमालाई बचाउन सकिएन, जानी नजानी हामीबाट कुनै भूल या कमी रहन गएको भए क्षमा पाऊँ आमा !”

”तपाईंको कोखबाट जन्म लिन पाएकोमा आजन्म आभारी रहनेछौँ, ४५ बर्षको उमेरमा आफू बिधवा भएर पनि हामीलाई टुहुरा बन्न दिनु भएन, कसरी चुकाउनु र यो गुण ! भौतिक भेट, मायाको हात, साथ र चुम्बन, आशीर्वाद अब नपाइएला तर सम्झनामा सधैं हामीसंगै रहनुहुनेछ ! अलबिदा मेरी प्यारी र महान आमा !”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.