फागुन ४, तेमाल । विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
संस्थाको २७ औं स्थापना दिवसको अवसर पारेर आईतबार तेमालको भूमेश्वर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको होे ।

काभ्रेको खोपासीमा स्थापना भई सहकारीका माध्यमबाट सामाजिक रुपान्तरणका लागि अग्रसर विन्धवासिनी सहकारीले २७ औं स्थापना दिवसको अवसर पारेर संस्थाको भकुण्डे सेवा कार्यालयको ब्यवस्थापनमा भूमेश्वर आधारभूत विद्यालयका ९६ जना विद्यार्थीहरुलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरिएको सेवा कार्यालय भकुण्डेका कार्यालयका कर्मचारी प्रेमराज तामाङले जानकारी दिए ।

संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा तेमाल गाउँपालिका वडा ७ का अध्यक्ष ज्ञान बहादुर तामाङको प्रमुख अतिथी र अतिथिहरुमा इन्द्रबहादुर तामाङ, बिद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष वाङ्गेल लामा, बिद्यालयको प्रधानाध्यापक शर्मिला त्रिपाठी, बिन्धवासिनीका संचालक सदस्य भिम बहादुर के सी, भकुण्डे सेवा कार्यालय ब्यवस्थापन उप समितिका सचिव रामशरण श्रेष्ठ, कोषाध्यक्ष बिदुर प्रसाद बर्तौला, कार्यलय ब्यवस्थापक राजेन्द्र श्रेष्ठ, लेखा प्रसासन सहायक सन्तोष तिमल्सिना लगायत रहेका थिए ।

