श्रमजीवि पत्रकारलाई पेन्सनको व्यवस्था गर्न माग

फागुन ४, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट मिडिया नेपालले निरन्तर २५ बर्ष पत्रकारिता क्षेत्रमा खटिरहेका श्रमजीवि पत्रकारहरुलाई पेन्सनको व्यवस्था गर्न माग गरेको छ ।

पोखरामा सम्पन्न मिडिया नेपालको केन्द्रीय समितिको बैठकले श्रमजीवि पत्रकारहरुको लगनशिलतालाई कदर गर्दै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेको हो । मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालको अध्यक्षतामा बसेको बैठकले मंहगी आकासीरहेको वर्तमान अवस्थामा श्रमजीवि पत्रकारहरुको लागि सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिकलाई व्यवहारमा तत्काल लागु गराउन पहल गर्ने समेत निर्णय गरेको दिपेशराज थारुले बताए।

उक्त बैठकबाट उपाध्यक्षमा प्रदेश ५ श्रीधर सुबेदी, कर्णाली प्रदेशबाट अंगत देवकोटा, सचिवमा कृष्ण खनाल, कोषाध्यक्षमा राधिका जोशी, काठमाडौं उपत्यका संयोजकमा दिपेश राजथारु तथा केन्द्रीय सदस्यहरुमा रञ्जीत प्रसाई (झापा), विजय राउत (सुनसरी), सविता पोखरेल (गोरखा) लाई मनोनयन गरेको छ।

साथै मिडिया नेपालको स्थापना दिवस आगामी चैत महिनामा प्रदेश ५ को नेपालगञ्जमा मनाउने तथा सो अवसरमा प्रदेश ५ मा समिति गठन एवं घोषणा सभा गर्ने र सो को लागि आवश्यक तयारी गर्न उपाध्यक्ष श्रीधर सुबेदीलाई, कर्णाली प्रदेश समिति गठन तथा घोषणा सभाको तयारी गर्न उपाध्यक्ष अंगत देवकोटालाई जिम्मेवारी दिने निर्णय गरेको जनाईएको छ। गण्डकी प्रदेशको प्रदेश कार्यसमिति २०७६ फागुन ५ गते गठन गर्ने र गठन हुन बाँकी रहेका प्रदेशमा यथासक्य चाँडो प्रदेश कार्यसमिति गठन गर्ने गरिने मिडिया नेपालले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.