कौशलको भ्यालेन्टाइन गिफ्ट ‘मेरी पुजा’ (भिडियो )

फागुन ४, काठमाडौँ । प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको यस गीतमा स्वर र संगीत गायक कौशल राज खड्काको रहेको छ । गीतका शब्द बिशाल मल्लले लेखेका हुन् भने मनोज चौलागाईले संगीत संयोजन गरेका हुन ।

हास्यरस र रोमान्टिक तरिकाले प्रस्तुत गरिएको म्युजिक भिडियोलाई सुबल दंगालले खिचेका हुन भने सियोन नेवारले कोरियोग्राफी गरेका हुन् ।

भिडियोमा हिमांशु कार्की ( मिस्टर हिम्ज़ ) , आशिका श्रेष्ठ र नेहा लिम्बुको मुख्य भुमिका रहेको छ । प्रलभ ढुंगाना, आश्मा गिरी र कौशल राज खड्काको लगानीमा निर्माण भएको भिडियोलाई नायिका आश्मा गिरीले निर्देशन गरेकी हुन् । नेफोली क्रियशनको अफ़िसिएल युट्युब च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.