अनधिकृत रुपमा गीत विक्री गरेको आरोपमा पक्राउ पुर्जी जारी

फागुन ३, काठमाडौं । प्रहरीले रञ्जना म्युजिक कम्पनीका सञ्चालक भगवानकुमार श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

रञ्जना म्युजिकले सम्बन्धीत सर्जकसँग अनुमति नलिई गीतसंगीत अनधिकृत रुपमा प्रयोग तथा बिक्री वितरण गरेको उजुरीको आधारमा श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रवक्ता बोगटीले श्रेष्ठ बिरुद्ध प्रतिलिपि अधिकार हनन्को मुद्दा दर्ता भएको छ । उनका अनुसार माघ २६ गते गायक तथा संगीतकार राजन इशानले आफ्नो गीत ‘बसमा छैन मेरो मन’ बिनास्वीकृति बेचेको भन्दै सञ्चालकविरुद्ध उजुरी दिएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.