असार २० । सिरियाको होम्स् प्रान्तमा इस्लामिक अतिवादी समूह ‘आइएस’का नेता अबु बकर अल बग्दादीका छोरा हुदाएफाह अद बद्री सुरक्षा कारबाहीमा मारिएका छन् ।
सिरियाली सरकार र रुसी सेनाविरुद्ध सिरियाको एउटा ‘पाओर प्लान्ट’मा आइएसले गरेको कमान्डो अपरेसनमा उनी मारिएका हुन् । आइएसको समाचारमाध्यमले नै यसबारे जानकारी दिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।
बग्दादी भने सकुशल रहेको बताइएको छ । बग्दादीविरुद्ध अमेरिकाले २६ मिलियन डलरको इनाम राखेको छ । उनी सन् २०१७ को सेप्टेम्बरयता भिडियोमार्फत् पनि देखिएका छैनन् । आइएसको पकडमा अहिले सिरियाको केही सानो भू–भागमात्र छ । (एजेन्सी)