भीम लामा ।
रोग भन्ने बित्तिकै कसलाई पो डर लाग्दैन र ? पछिल्लो समयमा नयाँ नयाँ नामबाट निस्किएका रोगहरुले विश्व मानव समुदायलाई नै आतंकित पारिरहेको समाचार मिडियाहरुमा छाईरहेको छ ।
रोगको संक्रमण र त्यसको असरबारे वास्तविक सूचना बाहिरिए पनि कहाँ कति व्यक्ति त्यस प्रकारको रोगको सिकार वा संक्रमित छन् ? यस विषयमा गाहिरो अध्ययन आवश्यक छ । त्यस्तै चीनबाट सुरु भएको भनिएका कोराना भाईरस नामक रोगबाट विश्व स्वास्थ्य संगठनले समेत सचेत हुन आग्रह गरिहरको बेला नेपाली मिडियामा भने मिडिया भाइरल बन्न नै आतुर देखिन्छ । कहाँ कति व्यक्तिमा कोराना भाईरसको संक्रमण भईरहेको छ त्यहाँको आधिकारिक स्वास्थ्यकर्मी तथा विशेषज्ञा डाक्टरहरुको परिक्षणविना नै कोराना भाइरसको शंक जस्ता भ्रमक समाचार सम्प्रेशनले गर्दा सामान्य विरामीहरु समेत झन बढि त्रासमा परिरहेका छन् ।
मानव स्वास्थ्यसंग जोडिएका अनेकौँ प्रकारका रोगहरु विभिन्न अनुसन्धान र चिकित्सशास्त्रले पत्ता लागउँदै आए पनि त्यसको पहिचान र समाधान बारे पनि भरपुर प्रयास रहेको विश्व समाजमा रोग लाग्नुभन्दा अघि नै सचेत हुनुपर्ने धारणाहरु सार्वजनिक भईरहेको छ । तर मिडिया यस्तो साधन हो जसले आम नागरिकलाई त्रास होईन् सहि सूचना सम्प्रेसन गरेर सर्तकता अपनाउन भन्ने उद्देश्य रहन्छ र हुनुपर्दछ ।
संवेदशील विषयबस्तु प्रवेश गर्नुअघि पत्रकार वा सञ्चार माध्यम अलि सजगभ एर गहन अध्ययन गरेर सत्यतामा आधारित समाचार छाप्नु वा प्रकाशन गर्नु पत्रकारिताको मूल मर्म हो । सञ्चार माध्यमलाई विश्वासशिलो आधारको रुपमा लिईन्छ । सहि सूचना वा समाचारले पाठक, दर्शक र स्रोतालाई आत्माविश्वास बढाउने कार्यमा सघाउँछ । आम समाज मिडिया जगतमै विश्वास गरिरहेको बेला केही मिडियाहरु भने भ्रमित सामाग्री प्रकाशन, प्रसारण गरी त्रास उत्पन्न हुने कार्य गरिरहेको केही मिडियाका समाचारहरुले देखाएको छ ।
कोराना भाईरसकै कारण केही व्यक्तिको मृत्यु भएको प्रमाणित देशहरुमा भए पनि नेपालमा त्यसको प्रभाव कतै नदेखिएको र अशांक मात्र भएको विशेषज्ञाहरु बताउँदै आईरहेका छन् । तर मिडिया आफैँ परिकल्पना गर्दै समाचार सम्प्रेसन गर्दा आम नागरिकमा चिन्ता र त्रास तुल्याईरहेको छ । पर्यवरणीय परिवर्तनका कारण भईरहने मौसमी विरामीहरु समेत परिक्षणनै नगरी चिन्तित अवस्थामा रहेको बेला भ्रमक समाचारले झन चिन्तित देखिन्छ ।
सूचना नै सहि भएन भने त्यस प्रकारको मिडियाको के अर्थ रहन्छ र ? केही दिनदेखि नेपालका केही पहाडी जिल्लाहरुमा कोरानाको आशंक भन्दै संख्यात्मक विरामी भएको समाचार बाहिर आएको छ । जसको कारण सम्पूर्ण नेपाली नै समाधानको पहिचानभन्दा आतिएको केही संख्या देखिन्छ । रोगबारे सहि जानकारी दिनेभन्दा आतंकित बनाउने र आफ्नो सञ्चार माध्यम भाईरल बनाउनै होडबाजी देखिन्छ ।
मिडियाले भाइरलको होडबाजी भन्दा रोगको पहिचान, लक्ष्यणबारे सजग रहने उपायहरुको सहि सूचना दिने र सर्तकता अपनाउने विषयबस्तु सम्प्रेशन गर्नु वर्तमान आवश्यकता हो । कोराना मात्र होईन हरेक प्रकारका रोगको बारेमा सम्बन्धित निकायहरुले चासो लिएर अघि बढेमा संक्रमणमुक्त र स्वस्थ नेपाली समाजको परिकल्पना गर्न सक्दछ । मानवीय संवदेनशील विषयमा सरकार पनि सचेत भई स्वस्थ समाज निर्माणका लागि समय सापेक्ष स्वास्थ्य मन्त्रालयले नयाँ अवधारणा सहित विशेषज्ञा टोली निर्माण गरी सम्भावित क्षेत्रहरुमा सचेतनामूलक अभियान सञ्चालन गर्नु आवश्यक छ ।
के हो कोरोना भाइरस ?
कोरोना भाइरसको समूहको एउटा हिस्सा हो, जसबाट सामान्य रुघाखोकीदेखि लिएर घातक रोगसम्म हुन सक्छ । कोरोना भाइरसको संक्रमण सामान्यतया पशु र मानिसमा हुन्छ र हाल यस्ता कतिपय भाइरस छन्, जो पशुमा भए पनि मानिस त्यसबाट संक्रमित भएका छैनन् । सन् २००३ मा चीनलगायत एसियामा यस्तै ‘सार्स भाइरस (सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम) फैलिएको थियो । यसको विस्तार उत्तरी अमेरिका, दक्षिण अमेरिका र युरोपसम्म देखिएको थियो । त्यसयता यो संक्रमणबाट चीनमा ६ सय ४६ जनाको मृत्यु भएको थियो भने विश्वभरमा मर्नेको संख्या ८ सय १३ पुगेको थियो ।
डब्लूएचओका अनुसार चिनियाँ अधिकारीहरूले नयाँ प्रकारको कोरोना भाइरसलाई गत पुस २२ गते मात्रै पहिचान गरेका हुन् । यो क्लस्टर (समूह) को सुरुवात ३१ डिसेम्बर सन् २०१९ मा भएको थियो, जतिखेर संगठनको चाइना कन्ट्री अफिसलाई सूचित गरिएको थियो ।
चीनले सबै सम्भावित केसको प्रयोगशाला परीक्षण गरेपछि इन्फ्लुएन्जा, एभियन इन्फ्लुएन्जा, एडेनो भाइरस, सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस (एसएआरएस–सीओभी) र मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस (एमईआरएस–सीओभी) जस्ता अन्य श्वासप्रश्वाससम्बन्धी रोग उत्पन्न गर्ने कारकको पहिचान गरेको थियो ।
यसअघि चिनियाँ सञ्चार माध्यममा जारी रिपोर्टअनुसार यो रोगका लागि कोरोना भाइरसलाई जिम्मेवार ठानिएको थियो । प्रारम्भिक महामारीसम्बन्धी खोजबिनअनुसार वुहानको समुद्री खाद्य बजारमा यो भाइरस देखिएको हो । हालसम्म जो बिरामी देखिएका छन, तीमध्ये अधिकांश समुद्री खाद्य बजारमा काम गर्नेहरू हुन् । सरकारी अधिकारीहरूका अनुसार यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने स्पष्ट प्रमाण छैन ।

