त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी: नियन्त्रण जारी

माघ २७, काठमाडौं । त्रिभुवन विमानस्थलमा आगलागी भएको छ । विमानस्थलको डिपार्चरतर्फको भागमा रहेको कफी सपमा आगलागी भएको विमानस्थलका एसपी दानबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार विद्युत सर्ट हुँदा आगलागी भएको हो । विमानस्थलको डिपार्चरतर्फको भागमा रहेको कफी सपमा आगलागी भएपछि विमानस्थल बन्द भएको टावरले जानकारी दिएको छ। उक्त आगलागी नियन्त्रणका लागि चारवटा दमकलको प्रयोग गरिएको प्रहरीको भनाई छ । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.