मधुमल्लामा “जीवन अस्तित्व” प्रर्दशन

माघ २७, काठमाडौँ । सकारात्मक विकास सञ्चार केन्द्रले मोरङ मधुमल्लामा जीवन अस्तित्व चेतनामूलक सडक नाटक मञ्चन गरेको छ ।
आईतबार पूर्वी मोरङको मधुमल्लाबाट सुरु भएको नाटक पूर्वी झापाका विभिन्न स्थानमा मञ्चन भईरहेको छ । उक्त नाटकमा युवा अवस्थामा विदेशी भूमिका पुगेर विभिन्न रोगबाट ग्रसित नेपालीहरुको कथा बेथालाई उतारेका छन् ।

स्वदेशमा बेरोजगार बढे लगातै साहुसंग ऋण काटेर विदेशीभूमिमा पुगेका नेपाली दाजुभाई, दिदीबाहिनीहरुलाई लक्षित गरी तयार पारिएको सो नाटकमा विशेषता मिर्गौला र क्यान्सरबाट पीडित भएकाहरुले आफ्नो जीवन बचाउन नेपाली दाजुभाईहरुमाझ सहयोगको यचना गर्दै जीवन अस्तित्वको खोजी गरिरहेको दर्साएको छ ।

 

निकै अनुभव बढुलेर रंगमञ्चमा जीवन रमाईरहेका कलाकार बद्री प्रसाद पुडासैनीद्वारा लिखित उक्त नाटकमा नाट्य अभिनाय तथा सांगीतिक दुनियाँमा हसाउन सफल कलाकार आर.के. लामाले निर्देशन गरेका छन् । रविन मगरको कथामा रहेको नाटकमा कलाकारहरु स्वंयम् लेखक बद्री पुडासैनी, आरके लामा, रोमा विष्ट, रविन मगर, सुस्मिता घ्लान, नेहा नेपाली लगायतले अभिनाय गरेका छन् ।  मानव जीवन स्वस्थ देखिएता पनि विभिन्न रोगको शिकार भईरहने र समयमै आफ्नो स्वास्थ्य परिक्षण गर्ने बानीको विकास गराउन नाटकले दर्शकमाझ शन्देश प्रवाह गरेको छ ।

नाटक मञ्चन तथा सांगीतिक कार्यक्रमको साताव्यापी अभियानलाई सुभराम्भ गर्न झापा पुगेका सकारात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष भीम लामाले संस्थाले विगत सात वर्ष अघिदेखि समाजमा दविएर रहेका व्यक्तिहरुको आवाजलाई बुलन्द पार्दै सञ्चार केन्द्रले पिछाडिएका वर्ग समुदायको साराथीको रुपमा कार्य सम्पादन गर्दै आइरहेको बताए । सामाजिक विसंगती तथा समाजमा देखिएका भ्रष्टचार र अनिमियताको विरुद्ध खबरदारी गर्दै संस्थाले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे ।

रामेछाप जिल्ला दोरम्भा गाउँपालिका वडा –५ कि दुबै मृर्गौल पीडित २६ वर्षिय मिनु थापा मगरको उपचार सहयोगार्थ रकम संकलन समेत रहेको अभियानमा कलाकारहरु शिवराज बि.सि., अमृत गिरी, सुजता लामा र सरु श्रेष्ठ प्रस्तुति दिइएका छन् । घुम्ती सडक नाटक तथा साँस्कृतिक कार्यक्रम झापाको दमक, उर्लाबारी, इलाम, इटहरी, धरानका विभिन्न स्थानमा देखाउने अभियानका संयोजक रविन मगरले जानकारी दिए ।

भिडियो हेर्नुहोस् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.