सबैको भावना र चाहनाहरु समेट्न नसकिएको प्रचण्डद्वारा स्वीकार

माघ २७, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक समाजवादको युगतर्फ अगाडि बढेको भएपनि सबैको भावना र चाहनाहरु समेट्न नसकिएको स्वीकार गरेका छन् ।

काठमाडौंमा भएको एफएलएफ अवार्ड कार्यक्रममा सम्बोधन गर्दै दाहालले नयाँ व्यवस्था ल्याउन सबै जातजाति, भाषाभाषी र संस्कृतिका समूदायको योगदान बराबर भए पनि अझै सबैको भाव र चाहाना समेट्न नसकिएको स्वीकार गरेका हुन् ।

देश संघीय लोकतान्त्रीक गणतन्त्रको युगमा भएपनि संविधानमा अझै समानता, समावेशीताका कुराहरु पुरा हुन नसकेको उल्लेख गर्दै दाहालले भने, ‘‘संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा हामी छौँ । यो संघीय लोकतान्त्रिक गणतन्त्रमा धर्म निरपेक्षता, समावेशीता, समानुपातिकताको जुन स्तरमा हामी आइपुगेका छौँ । यद्यपि सबैको भावहरु सबैका चाहानाहरु त्यसमा समेटी सके, पूर्ण भइसक्यो भन्ने दाबी हाम्रो छैन् । हाम्रो संविधानले पनि यसको परिमार्जनको यसको विकासको आवश्यकता स्वीकार गरेको छ । तर पनि फेरी एउटा सामन्तीवादी युगबाट अर्को एउटा समाजवादको युगतिर जाने प्रकृयामा हामी छौँ ।’’

अध्यक्ष दाहालले देशमा राजनीतिक परिवर्तन ल्याउन सबै जातजाति, भाषाभाषी, सांस्कृतिक समूदायको उत्तिकै योगदान हुनु खुसी र गौरबको कुरा भएको बताएका छन् । विश्वमा अहिलेसम्म सगरमाथाको देश, वुद्ध जन्मेको देश भनेर चिनिने गरेकोमा अब विकास र समृद्धि, समाजवाद र सामाजिक न्यायको यात्रामा पनि नेपाललाई उचो ठाउँमा पुर्‍याउन सम्भव रहेको बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.