चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल दोस्रो

प्रारम्भ खबर ।
माघ २२, काठमाडौँ । भारतको विशाखापट्टनम फेब्रुअरी १ र २ तारिखमा भएको चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता– २०२० मा
नेपाली टिम दोस्रो भएका छन् ।

पाँच राष्ट्रहरु नेपाल, भारत, बङगलादेश, श्रीलंका र भुटानका गरि करिव ७ सय खेलाडी सहभागी रहेका प्रतियोगीतामा  चार स्वर्ण, एक रजत र एक कास्य पदक हात पार्दै नेपाल दोस्रो स्थान हासिल गर्न सफल भएको हो । उक्त प्रतियोगीतामा भारतका टिम प्रथम र बङ्गलादेश
टिम तेस्रो विजेता बन्न सफल भएको छ ।

नेपाली टिमको तर्फबाट पदक बिजेता खेलाडीहरु पुरुषोत्तम पोखरेल ५५ केजी तौल स्वर्ण, महिला खेलाडी नानुमाया राई ५५ केजी तौल स्वर्ण, जेसिका खत्री ४५ केजी तौल समूह स्वर्ण, टसि छिरिङ लामा ४० केजी तौल समूह स्वर्ण, लक्ष्मी तामाङ ४० केजी तौल समुह रजत र भक्त बहादुरथापा मगर ६५ केजी तौल कास्य रहेका छन् ।

नेपाल कराते महासंघका महासचिव नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एबम प्रमुख प्रशिक्षक हरिशरण केसीको नेतृत्वमा गएको खेलाडी टिम टोलि मंगलबार बेलुका स्वदेश फर्केका छन् । भारतमा भएको प्रतियोगिताले खेलाडीहरुमा अझै ठुला प्रतियोगिताहरु जित्नका लागि हौसला बढेको प्रमुख प्रशिक्षक हरिशरण केसीले विश्वास व्यक्त गरे ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.