नेपाल बुद्धिचाल संघको साधारणसभा बिरगंजमा हुने

माघ १८, काठमाडौँ । नेपाल बुद्धिचाल संघको सातौं साधारणसभा तथा अधिवेशन आगामी चैत २८ र २९ मा बिरगंजमा हुने भएको छ ।

बुधबार मकवानपुरको हेटौंडामा सम्पन्न संघको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । नेपाल बुद्धिचाल संघमा २९ पुर्ण तथा २० एसोसियट गरि कुल ४९ जिल्ला तथा ७ प्रदेश संघ आवद्ध रहेका छन् । संघको अधिवेशनमा केन्द्रीय कार्यसमितिका ३१ जना, जिल्ला संघबाट ५८ जना, प्रदेश संघबाट २१ जना, आर्विटर कमिसनबाट २ जना तथा महिला र पुरुष तर्फका राष्ट्रिय च्याम्पियन १र१ जना गरि जम्मा १ सय १४ जना प्रतिनिधिको सहभागीता रहनेछ ।

बागमती प्रदेश संघमा ज्ञानकृष्ण प्रजापति ।

माघ १६ गते प्रदेश राजधानी हेटौंडामा सम्पन्न बागमती प्रदेश बुद्धिचाल संघको पहिलो अधिवेशनले ज्ञानकृष्ण प्रजापतिको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा भक्तपुरका राजेश कक्षपति, सचिवमा काठमाडौका सुरवीर लामा तथा कोषाध्यक्षमा मकवानपुरका नरेन्द्र भण्डारी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा दोलखाका उत्तम ढुङ्गेल, काभ्रेका सुनिलरत्न शाक्य, ललितपुरका रस्मा महर्जन, धादिङका सम्झना रिजाल र चितवनका मोहन श्रेष्ठ चयन भए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.