गोकर्णेश्वरमा दोस्रो अन्तर विद्यालय लिबर्टी कप हुदैँ

प्रारम्भ खबर ।
माघ १६, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका स्थित वडा नं. ८ मा रहेको लिबर्टी एकेडेमी स्कूलले जिल्लाव्यापी अन्तर विद्यालय फुटबल प्रतियोगीताको आयोजना गर्ने भएको छ ।

गत वर्षबाट सुरु भएको प्रतियोगीताको निरन्तरता यस पटक आगामी माघ २४ गतेदेखि दोस्रो लिबर्टी कप सेभेन ए साईड छात्र÷छात्रा फुटबल टुर्नामेन्टको आयोजना गर्न लागिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिए । लिबर्टी एकेडेमीको आयोजनामा छात्रतर्फ ३२ र छात्रातर्फ १६ विद्यालयका कक्षा १० सम्मका विद्यार्थी खेलाडीहरुको प्रतिस्पर्धा रहने उक्त प्रतियोगीताको मुख्य प्रयोजक भने लिबर्टी एकेडेमी कलेज रहने आयोजकले बताए ।

प्रतियोगीताको व्यवस्थापनमा थप सहयोग पु¥याउन अत्तरखेल युवा समाजले विशेष भूमिका निभाउने पत्रकार सम्मेलनमा जनाएको छ ।
विहिबार पत्रकार सम्मेलनमा टुर्नामेन्टबारे जानकारी दिदै सोही विद्यालयका प्रधानाध्यापक ओम प्रसाद ढकालले विद्यार्थीहरुको रुचि तथा प्रतिभाको उजागर गर्न र राष्ट्रका लागि खेलाडी उत्पादनमा थप महत्वपूर्ण भूमिका खेल्ने भएकोले प्रतियोगीताको आयोजना गर्न लागिएको बताए । खेलाडीलाई अनुशासित, जिम्मेवारी र नेतृत्वमा विशेष ध्यान पु¥याउन मद्दत गर्ने भएको हुँदा विद्यालय स्तरबाटै विद्यार्थीहरुलाई खेल क्षेत्रमा सहभागी गराउनुपर्ने प्रधानाध्यापक ढकालले बताए । उनले थप्दै भने– विद्यार्थीहरुको क्षमता अभिवृद्धि तथा सर्वाङगीण विकासमा खेल महत्वपूर्ण रहने भएको हुदाँ विद्यालयको शैक्षिक शैद्धान्तिक ज्ञानसंगै व्यवहारिक रुपमा लैजान विद्यालयहरुले रचनात्मक क्रियाकलापमा विशेष जोड दिदैँ आईरहेको बताए ।

अत्तरखेल शिवपुरी खेल मैदानमा हुने उक्त प्रतियोगीतामा छात्र÷छात्रा दुबैतर्फ प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्ने विजयी टिमहरुलाई क्रमशः बीस, दश र पाँच हजार नगद पुरस्कार सहित आकर्षक शिल्ड तथा मेडल प्रदान गरिने बताएको छ । प्रतियोगीताको लागि फारम र आवश्यक कागजात सहित टिम दर्ताको लागि अन्तिम मिति माघ २० गतेसम्म रहने र टाईसिट २२ गते सार्वजनिक गरिने बताएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.