सभामुख चयनमा विमती राख्दै राष्ट्रपतिका सल्लाहकारद्वारा राजीनामा

माघ १०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। सभामुख उम्मेदवार चयनमा विमती राख्दै आएका प्याकुरेलले शुक्रबार राष्ट्रपति भण्डारीसमक्ष राजिनामा बुझाएका हुन् ।

प्याकुरले लामो समय देखि इन्सेक नामक संस्थाबाट मानव अधिकारका क्षेत्रमा वकालत गर्दै आएका व्यक्ति हुन । उनले द्वन्दको क्रममा अग्नी सापकोटालाई हत्या अभियोग लागेको भन्दै सभामुख बनाउन नहुने धारणा राखेका थिए । उनको राजीनामा स्वीकृत भने नभएको स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार