सम्पदाको महत्वबारे नीति निर्माता र नागरिकहरु सचेत हुनुपर्ने

माघ ३, काठमाडौँ । सरकारात्मक विकास सञ्चार केन्द्रद्वारा आयोजित “सम्पदा संरक्षणमा नागरिकको भूमिका” बारे भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सम्पदा संरक्षणमा जनप्रतिनिधिहरु गम्भीर हुनुपर्ने बताएका छन् ।

काठमाडौँको बौद्धमा श्री बौद्धनाथ क्षेत्र विकास समितिको सहकार्यमा भएको उक्त अन्तरक्रिया तथा सम्मान कार्यक्रममा सञ्चार केन्द्रका सल्लाहकार एवम् प्राध्यापक रमेश शुभेच्छुले कार्यपत्र प्रस्तुत गर्दै नेपालका सम्पदा संरक्षण र प्रर्वद्धनमा जनप्रतिनिधि र सम्बन्धित निकायका कर्मचारीहरुको ध्यान नपुगेको बताएका छन् । शुभेच्छुले नेपाली सम्पदाको पहिचान र संरक्षणबारे कार्यपत्र प्रस्तुत गर्दै सम्पदाको महत्वबारे नीति निर्माता र नागरिकहरु नै असचेत रहेको बताए । भ्रमण वर्षको उद्देश्य संस्कृतिसापेक्ष बनाउनु पर्नेमा जोड दिनुपर्ने, भ्रमण वर्षको बजेटलाई सम्पदाको जिर्णोद्धार र संरक्षणमा केन्द्रित गर्न आवश्यक रहेको पनि उल्लेख गरे । एउटा नगरपालिका, गाउँपालिका वा वडा कार्यलयले आफ्नो क्षेत्रका मूर्त एवम् अमूर्त सांस्कृतिक सम्पदाको अभिलेख मात्र बनाउन सके भ्रमण वर्षको उद्देश्य सफल उने शुभेच्छुको भनाई थियो ।

उक्त कार्यक्रममा सञ्चार केन्द्रले सम्पदा संरक्षण तथा प्रर्वद्धनका क्षेत्रमा पत्रकारिताको माध्यमबाट कलम चलाएका तीन पत्रकारहरु कान्तिपुर दैनिकका प्रशान्त माली, रातोपाटी डटकमका शम्भु दंगाल र योहो टेलिभिजनका विक्रम श्रेष्ठलाई सकारात्मक सञ्चार सम्मान–२०७६ प्रदान गरिएको छ । सम्मान कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक एवम् सामाजिक अभियन्ता श्रीकृष्ण सिम्खडाले सम्पदा सम्पदाको संरक्षण र प्रर्वद्धनमा सञ्चार माध्यम र पत्रकारिताको महत्वपूर्ण भूमिका रहेकाले सञ्चार क्षेत्रबाटै आफ्नो कलम चलाउँदै आएका पत्रकारहरुलाई प्रतिभाको कदर गर्दै सम्मान गरिएको बताए । सिम्खडाले आम नागरिकले आफ्नो पहिचान कायम राख्न सांस्कतिक, धार्मिक एवम् प्राकृतिक सम्पदाहरुलाई बचाई राख्न आग्रह गरे ।


कार्यक्रममा सञ्चार केन्द्रका अध्यक्ष्म भीम लामाले देशको पहिचान र अस्तित्व भनेकै सम्पदा भएको उल्लेख गर्दै आम नागरिकममा सम्पदाको बारेमा ज्ञान हुन आवश्यक रहेकोले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको बताए । चेतनाको अभाव र राजनीतिक दबाबमा आफ्नो वरिपरि रहेको सम्पदाहरु मासिदै कुरुप बनाउने र त्यसको संरक्षणमा ध्यान नपु¥याएका कारण पछिल्लो समयमा विश्व सम्पदा सूचीकृत सम्पदाहरु समेत गुमाउनु पर्ने अवस्था आएकाले आम नागरिकवीच सचेतनामूलक कार्यक्रम तथा अभियान सञ्चालन गराउन सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराए । तीनै तहका जनप्रतिनिधिहरु नेपालका सम्पदाबारे ध्यान केन्द्रित गर्दै माटो विकास कार्यलाई अगाडी बढाउँदा साँस्कृतिक, प्राकृतिक तथा मूर्तअमूर्त सम्पदाहरुको बारेमा गम्भीर हुनुपर्ने बताए ।

सम्बन्धित समाचार