सीटीईभीटीमा प्रवेश परीक्षाका लागि आवेदन खुला

असार १९, काठमाडौं । प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७५÷०७६ का लागि प्राविधिक एसएलसी तहतर्फको छात्रवृत्ति तथा पूर्ण शुल्किय भर्ना हुन प्रवेश परीक्षाका लागि आवेदन खुलाएको छ ।

सीटीईभीटीका मंगलबार सूचना जारी गर्दै साउन १९ गते छात्रवृत्तिका लागि र साउन २१ गते पूर्ण शुल्कमा पढ्न चाहनेहरुका लागि प्रवेश परीक्षा लिइने जनाएको छ । उक्त तहमा प्रवेश परीक्षामा सहभागी हुनका लागि विद्यार्थीले एसईईको नतिजामा कम्तिामा इ ग्रेड ल्याएको हुनुपर्छ ।
सीटीईभीटीले दिएको जानकारी अनुसार एसएलसी तहका सम्पूर्ण कार्यक्रमहरु १८ महिना अध्ययन हुनेछ । सीटीईभीटीका अनुसार असार २० गतेदेखि साउन ११ गतेसम्ममात्र फाराम वितरण गरिनेछ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.