५ अर्ब ठगी आरोपमा रामबाबु यादव पक्राउ

big bite restro

पुस २३, काठमाडौं । झन्डै दुई सय विपन्न परिवारलाई ऋण दिएर उनीहरूबाट चर्को रकम असुल गरी ५ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा राजपाका केन्द्रीय सदस्य रामबाबु यादव पक्राउ परेका छन् ।

सर्लाही प्रहरीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापाले बताए । रामबाबु यादव घर जग्गा कारोबारी भएको जनाइएको छ । सर्लाही मलंगवा १ का यादव र सोनवर्षाका सञ्जय साह रौनियारले विभिन्न समयमा सर्वसाधारणलाई तमसुकमा सहीछाप गर्न लगाएर ५ अर्बभन्दा बढी ठगी गरेको गुनासोसहित पीडित गृह मन्त्रालयमा आएपछि छानबिन सुरु गरेको थियो ।

गृह मन्त्रालयले अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । यसअघि पीडितहरू नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निवासमा गएका थिए । उनको सुझावअनुसार गृहमा पीडितले उजुरी हालेका हुन् ।

सम्बन्धित समाचार