नृत्य सरल सैद्धान्तिक र ताल ज्ञानसम्बन्धि कार्यशाला गोष्ठी हुने

पुस १५, काठमाडौं । नृत्य निर्देशक संघ, नेपाल काठमाडौं क्षेत्र न. ३ शाखाको आयोजनामा कार्यशाला गोष्ठी हुने भएको छ ।

पुस १९ गते चाबहिल स्थित कामना कला केन्द्रमा विशिष्ट प्रशिक्षिकहरुद्वारा कार्यशालामा नृत्य  सरल सैद्धान्तिक ज्ञान र ताल सम्बन्धि विशेष प्रशिक्षण दिने भएको भएको छ ।

दिनको १ बजेदेखि शुरु हुने उक्त कार्यशालामा नृत्यको सरल सैद्धान्तिक ज्ञान सम्बन्धि वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ र ताल सम्बन्धि संगितकार एवम् एरेन्जर निरज लामाले प्रशिक्षण दिने नृत्य निर्देशक अर्जुन तामाङले जानकारी दिए ।

कलाकारहरुलाई तिखार्दै अनुशासित र मर्यादित बनाउन कार्यशाला गोष्ठीको आयोजना गर्न लागिएको तामाङले बताए । नव कलाकार तथा पुराना कलाकारहरुको सहभागी रहने उक्त गोष्ठीमा करिब ५० भन्दा बढी नव तथा पुराना कलाकारहरुको सहभागी रहने बताएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.