पुस १४, काठमाडौं। नेपालि गीतसंगीतको क्षेत्रमा अब्बल गायकको रुपमा चिनिएका गायक रामकृष्ण ढकालको स्वरमा देशभक्ति गित”हाम्रो सुस्ता कालापानी” बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
पछील्लो समय चर्किएको सिमाना बिबाद लाई जस्ताको त्यस्तै नै देखाउने उदेश्यले नारायणी नदी पारीको सुस्ता मै पुगी केही सुस्ताबासीका सम्बाद सहित यो भिडियो निर्माण गरिएको हो । जुन भिडियोमा सुस्ता गाउपालिका अध्यक्षले समेत सिमाना बिबाद बारे आफ्ना भनाइहरु राख्नु भएको छ ।
गीतमा बिष्णु पौडेल तथा सरिता शर्माको शब्द रहेको छ भने दिपक राज विश्वकर्माको संगीत रहेको छ । डि आर सुजनको निर्देशन रहेको म्युजिक भिडियोलाई रेशम दर्लामीले छायांकन गरेका छन भने मिन रावलले सम्पादन गरेका हुन् । धुन नेपाल मार्फत सार्वजनिक गरिएको भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

