विपन्न वर्ग र सीप भएकालाई अर्थोपार्जनको माध्यम बनाउनु पर्छ: सांसद राई

प्रारम्भ खबर ।
पुस १२, काठमाडौं । काठमाडौं क्षेत्र न ३ का प्रतिनिधिसभा सदस्य कृष्ण राईले सहकारी सस्थाहरु विपन्न वर्ग र सीप क्षमता भएका व्यक्तिहरुलाई अर्थोपार्जन गर्ने   माध्यमको रुपमा विकास गर्नुपर्ने बताएका छन ।

 

पासा ग्वाहाली पुच: बचत तथा सहकारी सस्था लिमिटेड गोकर्णेश्वरको १३ औं बार्षिक साधारण सभामा सांसद राईले सो कुरा बताएका हुन । उनले कला, सीप र क्षमताको पहिचान गरि सहकारी सस्थाहरुले व्यवसायीक रुपमा महिला तथा किसानलाई समेत आत्मनिर्भर बनाउन आग्रह गरे । सहकारी आर्थिक क्षेत्रको मात्र प्रगति नभई सामाजिक, सास्कृतिक र व्यवहारिक रुपमा सेयरधनी र बचतकर्ताहरुमा समेत प्रगती गर्दै आईरहेको र गराउन आग्रह गरे।

सांसद राईले अर्थको थुप्रो हुनु मात्र ठूलो कुरा नभई त्यसको सहि उपभोग र फलाउदै लानु पर्नेमा विशेष जोड दिन बचतकर्ता र सेयरधनीलाई ध्यानाकर्षण गराए । साधारणसभामा प्रदेश सभा सदस्य रामेश्वर फुयालले पासा ग्वाहालीले १३ औं बर्षामा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना व्यक्त गरे । उनले सहकारीको विकासले साझेदारी र सामुहिक काममा सकारात्मक भुमिका निभाएको बताउदै समाज रुपान्तरणमा थप टेवा पुगेको बताए ।

सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले सस्थाको गरिमालाई उच्च बनाउन सहकार्य र सदभावका साथ लागि परेकोमा बचतकर्ता, सेयरधनी र ऋणदाताहरु र कर्मचारीहरुलाई धन्यवाद दिएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.