पुस ४, कपिलबस्तु । कपिलवस्तु को कृष्णनगर नगरपालिकालमा आमा र बच्चाको पोषणको अवस्था सुधार गर्नको लागि अवाश्यक सामग्री उपलब्ध गराइएको छ।
कालिका स्वावलम्बन सामाजिक केन्द्रद्वारा संचालित सुआहारा दोस्रो कार्यक्रम र USAID/HKI को सहयोगमा आमा र बच्चाको पोषणको अवस्था सुधार गर्नको लागि नौ प्रकारको अति आवश्यक सामग्री नगर प्रमुख रजत प्रताप शाहलाई दिईएको सुआहारा कार्यक्रमको फोकल फिल्ड सुपरभाइजर पृथीपाल तेलीले जानकारी दिएका छन ।
सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री दामोदर भण्डारी, स्वास्थ्य शाखा संयोजक नारायण बन्जाडे, उप प्रमुख सल्लाहकार तुफैल खान ,बाणगंगा नगरपालिकाका फोकल फिल्ड सुपरभाइजर यमुना पंथी, कपिलवस्तु नगरपालिका का फोकल फिल्ड सुपरभाइजर दिव्या कार्कीको उपस्थिति रहेको थियो ।

