अन्डा उत्पादक ५ किसान धरौटीमा रिहा

पुस ४, चितवन । अभद्र व्यवहारसम्बन्धी किटानी जाहेरीका आधारमा गिरफ्तार गरिएका अन्डा उत्पादक ५ किसान रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरूलाई बिहीबार जनही ५÷५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको आदेशअनुसार उनीहरूलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । अन्डा उत्पादक किसान र अन्डा, दाना, कुखुरा वितरक संघबीच मूल्यका बिषयमा भएको विवादपछि संघले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई प्रहरीले हिरासतमा लिइएको थियो ।

रिहा हुनेमा भरतपुर महानगरपालिका ६ का प्रकाश अधिकारी, वडा २३ का आनन्द मास्के, कालिका नगरपालिका ६ का रामहरि केसी, सोही वडाका दीपेश्वर केसी र भरतपुर १४ का राजेन्द्र साँखी छन् । प्रहरीले उनीहरूलाई २८ गते पक्राउ गरी मुद्दा चलाएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.