पुस ४, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको जनाएको छ ।
मध्य र पूर्वी तराईका भूभागमा हुस्सु र कुहिरो लागेको पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम, मध्य र पूर्वी तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो साँझ सम्ममा हट्ने पुर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
आज पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव देखिएको समेत पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी २४ घण्टा पश्चिमी भेगका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने र पूर्वी र मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो देखिएकोले ती स्थानहरुमा राम्रोसँग घाम नलाग्ने हुँदा तापक्रममा गिरावट आइ चिसो बढ्ने देखिएको जनाइएको छ । तसर्थ चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ ।

