असार १८, काठमाडौं । प्रदेश–४ को स्थायी राजधानी पोखरामा तोकिएको छ । आइतबारदेखी चलेको प्रदेशको राजधानी नामाकरण गर्ने छलफलको प्रस्ताव दुई तिहाई बहुमतद्वारा पारित भएको छ ।
सोमबार छलफल भएपछि राजधानीको विषयमा सोमबारनै औपचारिक निर्णय भएको हो । औपचारिक रुपमा प्रदेश राजधानी तोक्ने यो दोस्रो प्रदेश हो । प्रदेशको राजधानी तोकिएपछि अब मंगलबारदेखि नामका विषयमा छलफल हुनेछ । मंगलबार र बुधबार छलफल भएपछि नामको विषयमा बुधबार निर्णय हुनेछ ।
औपचारिक निर्णयसँगै स्थायी राजधानी तोक्ने प्रदेश ४ दोस्रो प्रदेश बनेको छ । यसअघि प्रदेश ६ ले नाम र स्थायी राजधानी तोकिसकेको छ । प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत भएको छ ।