प्रारम्भ खबर ।
पुस २, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं.–७ दक्षिणढोकाको संयुक्त जनआन्दोलन स्मृति उद्यानमा मुख्तियार बहादुर शाहको सालिक राख्ने भएको छ ।
प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत स्वीकृत योजनाहरु मध्ये उक्त शान्ति वाटिकामा बहादुर शाहको पूर्णकदको शालिक निर्माण गर्न रु. १० लाख बजेट परेको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ (२) का सांसद रामेश्वर फुयाँलको पहलमा उक्त योजना स्वीकृत भएको हो । फुयाँल प्रतिनिधि सभा सदस्य भएको बेला नै रु. ५० हजार निकासा गरी निर्माण गरिएको पार्कले पछिल्लो समयमा बालक, युवा देखि जेष्ट नागरिकहरुका लागि विश्राम तथा थकान मेटाउने थलोको रुपमा विकसित हुदैँ गएको स्थानीयहरु बताउँछन् ।
मंगलबार सांसद फुयाँलले आफ्नो निर्वाचन क्षेत्रको वस्तुगत विवरण संकलन तथा छलफलको क्रममा गोकर्णेश्वर वडा नं. ७ का अध्यक्ष, युवा, जेष्ट नागरिकसँग विचार विमर्शा गरी जनआन्दोलन सफल पार्न र नेपाली भूमिमाथि विदेशी हस्ताक्षेप हुदाँ अग्रपंत्तिमा उभिएर योगदान पु¥याएका योद्ध मुख्तियार बहादुर शाहको सम्झनामा शालिक निर्माण गर्न अनवरण गर्न लागिएको बताए । वडा ७ भरिकै एक मात्र सार्वजनिक जग्गा भएकोले सबैको साझा सम्पत्तिको रुपमा उपभोग गर्न पाउने र यसको महत्वलाई अझ प्रभावकारी बनाउन शालिकले थप सहयोग पुग्ने सांसद फुयाँलको धारणा छ ।
उनले पर्यटन भ्रमण वर्ष २०२ लाई लक्षित गरि त्यस पार्कमा शालिक राखिने बताए । २०० किलोग्रामको मेटल शालिक निर्माण सम्पन्न भईसकेको छ ।

