आईओएमले दियो २४ बुँदे सुझाव

पुस २, काठमाडौँ । नेपालमा बढ्दै गएको आप्रवासन समस्या व्यवस्थित तथा कम गर्न अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले २४ बुँदे सुझाव दिएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा बुधबार काठमाडौंमा भएको कार्यक्रममा आईओएमले नेपालको आप्रवासन समस्यासम्बन्धी २०१९ को प्रतिवेदन सार्वजनिक गर्दै २४ बुँदे सुझाव दिएको हो । प्रतिवेदनलाई भने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले सार्वजनिक गरे । प्रतिवेदनले आप्रवाससम्बन्धी प्रशासनका लागि सम्बद्ध सबै तहमा राष्ट्रिय समन्वय संरचनाको स्थापना गर्नुपर्ने, वैदेशिक रोजगारीमा जाने कामदारको सुरक्षाका लागि बनाइएका कानुनहरूको पूर्ण कार्यान्वयन र अनुगमन गर्नुपर्ने, कानुनी प्रक्रियालाई सरल बनाउनुपर्ने, गन्तव्य मुलुकसँग द्विपक्षीय सम्झौता विस्तार गर्दै जाने तथा घरेलु कामदारका रूपमा गएकाहरूको अनुगमन बढाउनुपर्नेलगायतका सुझाव दिएको छ ।

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री यादवले आप्रवासी समस्या व्यवस्थित गर्न सरकारले नीतिगत सुधारमा विशेष ध्यान दिएको बताए । उनले वैदेशिक रोजगारीमा जाने कामदारलाई सीप, ज्ञान, भाषालगायत विषयमा दक्ष बनाउन कल्याणकारी काम गर्दै आएकोसमेत बताए ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले नेपालसहित ८१ मुलुकका अप्रवासनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.